सुर्खेत । नेपालभरका उपभोक्तालाई झण्डै २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेट कम्युनिकेशन लिमिटेडले पछिल्ला वर्षहरूमा सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गरेको छ । यही अवसरमा, विजया दशमी तथा शुभ दीपावलिको हार्दिक उपलक्ष्यमा भायानेट कम्युनिकेशन लिमिटेडले ‘होलसेल बजार’ नामक विशेष कार्यक्रम सुर्खेतमा आयोजना गरेको छ ।
मंगलगढीचोक, वीरेन्द्रनगरमा सञ्चालन भइरहेको उक्त कार्यक्रम २०८२ साल असोज २८ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने छ । कार्यक्रम स्थानीय व्यापारीहरूको सहकार्यमा आयोजना गरिएको हो ।
कार्यक्रमको उद्देश्य स्थानीय कृषक र व्यवसायीहरूलाई बजारमा सहज पहुँच दिलाउने तथा वीरेन्द्रनगरवासीहरूलाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य वस्तु र स्थानीय कृषि उत्पादन खरिदबिक्री गर्ने अवसर उपलब्ध गराउने रहेको आयोजक भायानेट कम्युनिकेशनले जनाएको छ ।
साथै कार्यक्रममा सहभागी हुनका लागि सर्वसाधारणका लागि प्रवेश निशुल्क व्यवस्था गरिएको छ । भायानेटले यस आयोजनामार्फत समुदायसँगको सम्बन्ध सुदृढ पार्दै स्थानीय अर्थतन्त्र सशक्त बनाउन योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।











नेपालीरैबार । २०८२ आश्विन २८, मंगलवार