त्रिवि क्रिकेट मैदानको पहिलो चरणको संरचना CAN लाई हस्तान्तरण

सहरी विकास  मन्त्री कुलमान घिसिङको  उपस्थितिमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा निर्माण सम्पन्न पहिलो चरणको संरचना  नयाँ प्यारापिट र फ्लडलाइट्स  औपचारिक रूपमा नेपाल क्रिकेट संघ (CAN) लाई हस्तान्तरण गरिएको छ ।

यससँगै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान आधुनिक सुविधासहित सुसज्जित हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा सम्पन्न संरचनाले खेलाडी, दर्शक तथा अन्तर्राष्ट्रिय क्रिकेटका मापदण्ड पूरा गर्न महत्वपूर्ण योगदान गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया