काठमाडौं– नेपाल क्रिकेटको सबैभन्दा ठूलो बजेटको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तयारी सुरु भएको छ। प्रतियोगिता २०८२ मंसिर १ गते त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा उद्घाटन हुँदैछ । दर्शक क्षमता १३ हजार रहेको मैदानमा पहिलोपटक Day–Night (फ्लडलाइट) खेल हुने भएको छ। प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागि रहेका छन् र सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरिसकेका छन् । उद्घाटन खेलमा जनकपुर बोल्ट्स, जो साविक विजेता हुन्, काठमाडौं गोर्खाज सँग प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको उपाधि खेल २०८२ मंसिर २७ गते हुनेछ । पुरस्कार राशी पहिलो संस्करणको आधारमा तय गरिएको छ । विजेता १ करोड १० लाखउपविजेता ५१ लाख तेस्रो २५ लाख चौथो १५ लाख क्यानको कुल आम्दानी लक्ष्य ४० करोड रहेको छ। यसमा प्रायोजकबाट १५–३० करोड र टिम ओनरबाट ९ करोड आम्दानी जुटाउने लक्ष्य राखिएको छ। डिजिटल प्रसारण अधिकार डिसहोमले ५ करोड ३० लाखमा हासिल गरेको छ । एनपीएलले यस वर्ष क्रिकेट प्रेमीहरूका लागि रोमाञ्चक दिन–रात खेल र विदेशी खेलाडीको आकर्षक प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ ।










नेपालीरैबार । २०८२ मंसिर १, सोमबार