सुर्खेत । बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २,४४,६०० कायम भएको छ, जुन गत शुक्रबार रु २,४१,७०० थियो। चाँदी प्रतितोला रु ३,१३५ मा कारोबार भएको छ, जबकि गत शुक्रबार रु ३,१०० थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य एक औँस ४,६३ अमेरिकी डलर र चाँदीको मूल्य ५१ अमेरिकी डलर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।









नेपालीरैबार । २०८२ मंसिर ७, आईतवार