नेपाल राष्ट्र बैंकले नयाँ एक सय रुपैयाँको नोट चलनचल्तीमा ल्यायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ डिजाइनको एक सय रुपैयाँ दरको बैंक नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको सूचनामार्फत शुक्रबारदेखि नयाँ नोट बैंकिङ प्रणालीमार्फत वितरण थालिएको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा सुरक्षा विशेषता थप परिमार्जन गरिएको छ भने रंग आकार र पहिचान चिन्न सजिलो हुने गरी सुधारिएको डिजाइन प्रयोग गरिएको छ । पुराना एक सय रुपैयाँका नोटहरू भने यथावत् चलनचल्तीमा रहने छन्। बैंकले वित्तीय कारोबारमा सहजता र नोटको सुरक्षालाई ध्यानमा राख्दै नयाँ नोट सार्वजनिक गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया