सुर्खेतको बुलबुले तालमा नयाँ सुन्दर धाराहरू निर्माण, पर्यटक आकर्षण बढ्ने अपेक्षा

सुर्खेत । वीरेन्द्रनगर स्थित बुलबुले तालमा हालै निर्माण गरिएको नयाँ सुन्दर धाराहरू   सार्वजनिकरूपमा सञ्चालनमा आएसँगै तालको आकर्षण झनै बढेको छ । स्थानीय सरकार र पर्यटन प्रवर्द्धन लक्षित समिति मिलेर अगाडि बढाएको परियोजनाअन्तर्गत ताल क्षेत्र थप सौन्दर्यपूर्ण बन्न थालेको हो । पर्यटकको संख्या बढ्ने उद्देश्यसहित आधुनिक डिजाईनका

फाउन्टेनहरू जडान गरिएको बताइएको छ। धाराहरू सञ्चालनसँगै साँझपखताल क्षेत्र झन् मनोहर देखिने भएकाले परिवारसहित घुम्न आउनेको भीड बढ्ने अपेक्षा गरिएको छ । बुलबुले ताललाई सुर्खेतको प्रमुख पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजनाअनुसार भविष्यमा थप संरचना, प्रकाश व्यवस्था र सरसफाइ सुधारका काम पनि अघि बढाइने सम्बन्धित निकायले जनाएको छ ।स्थानीयवासीहरूले नयाँ धाराहरूले तालको सुन्दरतामा थप रंग भरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया