निमावि लाइसेन्स परीक्षामा कर्णालीबाट १९ हजार बढी सहभागी हुँदै

सुर्खेत । आगामी मंसिर २० गते सञ्चालन हुने निम्न माध्यमिक तह (निमावि) को अध्यापन अनुमतिपत्र परीक्षामा कर्णाली प्रदेशबाट १९ हजार १२ जना परीक्षार्थी सहभागी हुने भएका छन्। शिक्षक सेवा आयोगले सार्वजनिक गरेको परीक्षा केन्द्र र रोल नम्बर विवरणअनुसार देशभरबाट कुल १ लाख १ हजार ७८३ जना परीक्षार्थी नामसूचीमा परेका छन्।आयोगका अनुसार सबैभन्दा धेरै परीक्षार्थी लुम्बिनी प्रदेशबाट रहेका छन्, जहाँ २० हजार ५२५ जना सहभागी हुनेछन्। त्यस्तै, कोशी प्रदेशबाट १७ हजार २३८, मधेश प्रदेशबाट १५ हजार ७१६, बागमती प्रदेशबाट १३ हजार १५६, सुदूरपश्चिम प्रदेशबाट ९ हजार २५० र गण्डकी प्रदेशबाट ६ हजार ८८६ जना परीक्षार्थी रहने आयोगले जनाएको छ।

प्रदेशगत परीक्षार्थी संख्या
• लुम्बिनी प्रदेश — २०,५२५
• कर्णाली प्रदेश — १९,०१२
• कोशी प्रदेश — १७,२३८
• मधेश प्रदेश — १५,७१६
• बागमती प्रदेश — १३,१५६
• सुदूरपश्चिम प्रदेश — ९,२५०
• गण्डकी प्रदेश — ६,८८६

यसपटक काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर) मा परीक्षा केन्द्र नतोकिनुका कारण बागमती प्रदेशका परीक्षार्थी हेटौंडा र चितवनमा परीक्षा दिन बाध्य भएका छन्। कात्तिक २२ गते सम्पन्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षामा पनि राजधानीमा केन्द्र नपरेको भन्दै परीक्षार्थीहरूले गुनासो व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया