दैलेखमा पनि कांग्रेसले प्रतिनिधि तथा राष्ट्रियसभा उम्मेदवार चयन प्रक्रिया सुरु गर्यो

दैलेख । नेपाली कांग्रेस दैलेखले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गतेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ ।  कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीका अनुसार पार्टीको केन्द्रीय निर्देशन अनुसार सहमतिबाट उम्मेदवार चयन नहुने अवस्था आए सबैको नाम केन्द्रमा पठाइने छ। “आकांक्षी धेरै भएकाले छलफलमार्फत असन्तुष्टि नहोस् भनेर उम्मेदवार चयन गरिनेछ  उहाँले भने । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ जना, समानुपातिकतर्फ ७ जना र राष्ट्रियसभा तर्फ ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रत्यक्षतर्फ उम्मेदवार: खेमराज केशी, खेमराज वली, गणेशप्रसाद उपाध्याय, देवेन्द्रबहादुर थापा, नगेन्द्रबहादुर मल्ल, नर्सिङ मल्ल, पदमबहादुर मल्ल, बखतबहादुर कटुवाल, बास्ना थापा, भूपेन्द्र शाही, मणिराम रेग्मी, मनोजकुमार थापा, सुशील देउजा समानुपातिकतर्फ उम्मेदवार: कुलबहादुर विश्वकर्मा, दीपक सोनी, दुर्गा श्रेष्ठ, निर्मला कुमारी थापा, मीना कुमारी थापा, मोहनमाया प्याकुरेल राष्ट्रियसभातर्फ उम्मेदवार: किशोर केसी, रङ्गबहादुर शाही, खड्कबहादुर सिजापति, नगेन्द्रबहादुर खत्री, सीता ज्ञावली, हिक्मतबहादुर विश्वकर्मा समानुपातिक समावेशतर्फ: गणेशबहादुर बोगटी  रहेका छन् ।

तपाईको प्रतिक्रिया