साउथ एशियनले दियो लकडाउन अवधिको तलब

सुर्खेत । वीरेन्द्रनगरस्थित तातापानीमा रहेको साउथ एशियन स्कलर्स एकेडेमीले आफ्ना कर्मचारीहरुलाई लकडाउन अवधिको तलव दिएको छ । कोरोना महामारीको कारण देखाउँदै आफ्ना कर्मचारीलाई तलव नदिएका अन्य नीजि विद्यालयहरुलाई चुनौती दिँदै साउथ एशियनले उदाहरणिय कार्य गरेको भन्दै चर्चा भइरहेको हो ।

कतिपय नीजि विद्यालयहरूले भने लकडाउनकाे तलव दिन नसक्ने भन्दै विद्यालयमा कार्यरत शिक्षक र शिक्षिकालाइ निकालेका छन् ।


तर ज्ञान सिन्धु सुर्खेत कलेज समेत सञ्चालन गरिएको एकेडेमीले एकसय ३१ जना कर्मचारीलाई तलव दिएको निर्देशक एवम् कार्यकारी प्रमुख छत्र बडुवालले जानकारी दिए ।

विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका एवं कर्मचारीलाई लकडाउन अवधि सहित असोज मसान्तसम्मको सम्पुर्ण तलब दिएको बडुवालको भनाई छ ।

अन्य नीजि विद्यालयमा कार्यरत शिक्षक र शिक्षिकाहरु आन्दोलनमा उत्रिएको बेला साउथ एशियनले आफ्नो उच्च शैक्षिक निष्ठता कायम बनाएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिएको छ ।

‘देशको भविष्य उज्ज्वल बनाउन अहोरात्र खटिने शिक्षक, शिक्षिका एवं कर्मचारीहरुलाई तलब दिएको हुँ’ बडुवालले भने, ‘नीजि विद्यालय नाफाका लागि मात्रै खोलिएका हुन भन्ने भ्रम चिर्न सफल भएको छु ।’

तपाईको प्रतिक्रिया