स्वास्थ्य चौकी इन्चार्जलाई कोरोना लागेपछि सेवा ठप्प, ३ दिनसम्म चौकी सिल

जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकास्थित लाम्रा स्वास्थ्य चौकीका इन्चार्ज शिवराज न्यौपानेलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा इन्चार्ज न्यौपानेलाई कोरोना संक्रमण देखिएको हो ।

तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार स्वास्थ्य चौकीका इन्चार्जलाई नै संक्रमण देखिएपछि स्वास्थ्य चौकी सिल गरिएको हो । शुक्रबारदेखि तीन दिनका लागि स्वास्थ्य चौकी सिल गरिएको उनले बताए । यसअघि हाँकु स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर भण्डारीलाई पनि कोरोना संक्रमण भएको थियो । उनी अहिले निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया