‘गाईभैसीँलाई पनि सुत्केरी भत्ता’ यस्तो छ भत्ता बुझ्ने प्रक्रिया

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न यो वर्ष पनि गाईभैसीलाई सुत्केरी भत्ता उपलब्ध गराउने कार्यक्रम सञ्चालनमा ल्याएको छ । गएको आर्थिक वर्षदेखि सञ्चानलमा ल्याइएको ‘गाईभैसीँ सुत्केरी भत्ता कार्यक्रम’ लोकप्रिय रहेको र यसैको कारण व्यवासायिक पशुपालन तर्फ किसानहरू आकर्षित भएको भन्दै पालिकाले चालु आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई नितरन्तरता दिएको गाउँपालिकाको उपाध्यक्ष सिता खतिवडाले जानकारी दिए ।

उनका अनुसार एक किसानले पालेका जतिवटा गाईभैँसी सुत्केरी भएपनि एक वटाको लागि मात्र सुविधा उपलब्ध गराउने कार्यविधि छ । कार्यविधि अनुसार साउनदेखि आगामी असार मसान्तसम्म गाईभँैसी सुत्केरी भएमा रकम दाबी गर्न किसानले निवेदनको साथमा वडा कार्यालयको सिफारिस र सुत्केरी पशुको माउबच्चाको फोटो समावेश गर्नुपर्ने छ ।

गाईभैँसी सुत्केरी भत्ता अन्तरगत गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट तर्जुमा गरेको गाउँपालिकाले चालु आवमा बजेट बक्तव्यमार्फत १० लाख बिनियोजन गरेको छ । उक्त बजेट अपुग भएमा पुरक बजेट मार्फत् थप बजेट उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया