सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक मल प्रालि सञ्चालनमा आएकोा छ । सुर्खेतको वीरेन्द्रनगर सहरमा सञ्चालनमा आएको कर्णाली मल प्रालिको सेवाप्रति ग्राहकको आकर्षण बढ्न थालेको छ । लामो समयपछि सबै काम सम्पन्न गरी केही दिनअघि मात्रै सञ्चालनमा आएको मलमा ग्राहकहरु बढ्न थालेका हुन् ।
प्रालिका अध्यक्ष अर्जुनप्रसाद पाण्डेका अनुसार गत बैशाखमै मल सञ्चालनमा ल्याउने तयारी भएपनि कोरोना भाइरसका कारण लकडाउन हुदाँ सञ्चालनमा ढिलाई भएको हो । तर लकडाउनकैबिचमा भवन डेकुरेशन तथा भित्रि संरचना निर्माणका सबै काम सम्पन्न गरेर मल सञ्चालनमा ल्याउन सफल भएको उनको भनाइ छ ।
मलका लागि बंगलादेश, भारत, चीन लगाएतका देशबाट सामान आयात गरिएका छन् । मल सञ्चालनमा आएपछि करिब ६५ जनाले रोजगारी पाएका छन् । कर्णाली प्रदेशमै नीजि क्षेत्रबाट ठुलो संख्यामा रोजगारी दिने यो पहिलो नीजि कम्पनी हो । भने मलबाट राज्यलाई लाखौंलाख कर बुझाएर देशको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्नेछ ।
‘हामी ग्राहकसँग बार्गेनिङ गर्ने छैनौ । ग्राहकलाई ठगिबाट जोगाउन बजारको रेट र प्रिन्ट मुल्यभन्दा सस्तोमा सामान बेचिरहेका छाै’ नेपाली रैबारसँग अध्यक्ष पाण्डेले भने, ‘मलमा ग्राहकको रुची र पैंसा अनुसार खोजेको सामान उपलब्ध हुनेछ ।’
चुनौतीसँगै जोखिम मोल्दै कर्णालीमै पहिलो पटक मल सञ्चालन गरेर आफ्नो ब्राण्ड स्थापीत गर्ने उदेश्यमा लागेका प्रालिका अध्यक्ष अर्जुनप्रसाद पाण्डे, सदस्यद्धोय धर्मराज ढकाल र भरतप्रसाद ढकाल हाल मल व्यवस्थापनकै थप काममा व्यस्त छन् ।
‘अधिकांश नागरिकलाई मलमा सपिङ गर्न जानेहरु धनिमानी वा धेरै पैंसा भएकाहरु मात्रै हुन्छन्,् भन्ने गलत बुझाई छ । त्यो भ्रम हामी चिर्छौ’ नेपाली रैबारसँग सदस्य धर्मराज ढकालले भने, ‘गरिब र कम पैंसा हुनेहरु पनि हाम्रो मलमा सजिलै छिर्न सक्छन् । निम्नस्तरका लागि ब्राण्डेट सामान पनि मुल्य निर्धारण गरेर सस्तोमा बेच्छाै ।’
नेपालीरैबार । २०७७ कार्तिक २४, सोमबार