एजेन्सी । मनपरेको खानेकुरा सम्झिने वित्तिकै मानिसहरुको मुख रसाउछ भनिन्छ । तर तपाईले सुन्नु भएको थिएन होला कि मन परेको खानेकुराको नाम लिने वित्तिकै दुई महिनादेखि कोमामा बसेका मान्छेको पनि होस् खुल्ला भनेर ।

तर यस्तै अनौठो घटना भएको छ ताईवानमा । चियु नाम गरेका एक युवा ६२ दिन देखि कोमामा उपचार गराईरहेका थिए । उनका दाजुले उनलाई मन पर्ने खानेकुराको नाम लिनासाथ उनको होस खुलेको त्याहाँको सञ्चार माध्यमहरुले जनाएका छन् । चियु स्कुटर दुर्घटनामा घाईते भएर उपचार गराईरहेका थिए ।
अस्पतालका चिकित्सकले उनको बाँच्ने चान्स कम भएको बताउने गरेका थिए । अस्पतालमा रहँदा उनको ६ पटक अप्रेसन गरिएको थियो ।
अस्पतालमा एक दिन उनका दाजुले जिस्केर भाई म तेरो फेवरेट चिकेन फिलेट खान लागेको छु भन्नासाथ उनी ब्युझिएका थिए । उनी होसमा आए पछि पल्स रेट पनि बढेको चिकित्सकहरले बताएका छन् । पछि निको भएर उनी घर फर्किएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।










नेपालीरैबार । २०७७ कार्तिक २६, बुधबार