छोरो खोज्दै सडकको बास : वर्षौ बित्यो तर, न भेटाईन छोरो नत खुल्यो होस्

अब कस्ले गरिदेला मानसिक रोगी पुनीको उपचार ?

जुम्ला । एका विहानै हातमा कपडा बोकेकी नाङ्गो खुट्टामा एक ज्येष्ठ नागरिक महिला हिडिरहेकी थिइन् । उनी भन्दै थिईन्, “मेरो छोरा मारिदियो मलाई मेरो छोरा चाहिन्छ” यो भनाई उनको अहिलेको मात्रै होईन करिब ५ बर्षदेखि निरन्तर वेवारिसे अवस्थामा जुम्ला सदरमुकामको सडकमा सोही शब्द दोहोरयाउदै उनी हिडिरहन्छन् । उनी हुन् जुम्ला श्रीढुस्काकी पुनी तिरुवा ।

यो प्रशंग कोरपाटी डटकमले उठाएको छ । तर मानसिक समस्याका कारण छोरो खोज्दै हिडेकी पुनीको आवाज सुन्ने कस्ले ? बरु उनको भोको पेट, नांगो शरिर भएको भन्दै स्थानीय नागरिकले सहयोग गरिरहेका हुन्छन् । खाना र बास माग्दै उनी चन्दननाथ नगरपालिकाका हरेक घर पुगिसकेकी छन् । मेरो छोरा मारिदियो खोज्न हिडिरहेकी छु । जिल्ला प्रहरी कार्यालयमा मुद्धा हाल्छु भन्दै हिड्ने उनको दिनचर्या जस्तै छ ।

वुधवार उनी चन्दननाथ नगरपालिका ४ भारतीवाडा कर्णाली सरोकार दैनिकको कार्यालय नजिक पुगिन। धरधरी रोएर, हिजोदेखी खाना खाएको छैन् भन्दै थिइन् । तर म छोरा खोजिरहेको भन्दै डाको छोडेर रुदाँ हेर्ने स्थानीयको भिड लाग्यो । जुम्लामा चिसो बढिसकेको छ । तापक्रम माईनसमा झरिसकेकाले करिब नांगो खुट्टाले हिड्ने सक्ने स्थिति अब छैन् । चिसोले खुट्टा उचाली रहेको देखेपछि स्थानीय कल्पना शाही (वाहोरा)ले दुई जोर जुत्ता दिइन् ।

छोराको खोजीमा मानसिक रोगी बन्न पुगकी पुनीका दुई छोरामध्ये एकले आत्म हत्या गरेको र अर्को छोराले दुर्घटानमा ज्यान गएका हुन् । केही छिनपछि उनी शान्त भइन् । र वरपरका स्थानीयले खानेकुरा दिएपछि खादै एकैछिनका लागि सतुष्ट पनि भइन् ।

तर उनको मानसिक समस्या बढ्दै गएको छ । उनको उपचारका लागि कसैले वास्था गरेका छैनन् । छोरोको मृत्युपछि मानसिक चेतना गुमाउँदा छोरो खोज्न भन्दै हिडिरहेकी उनले छोरो भेटाउने कुरै भएन । तर उनको होस् पनि अहिलेसम्म खुलेको छैन । दिनभर छोरो खोज्ने अनी राती सडकको बास र ढुंगाको सिरानीमै उनको दिनचर्या बितेको छ ।

सड्कमा सधै छोरा मारिएको र खोजी गर्न हिडेको भन्ने पुनी जस्तै मानसिक समस्या भएका र सडकमै बस्ने अहिले जुम्ला सदरमुकाममा बढिरहेका छन् । एक जना महिला चन्दननाथ नगरपालिकाको वडा नम्बर ३ को ढुंगाको वडारमा ४ महिना देखी बेबारिसे बसिरहेकी स्थानीय यज्ञबहादुर बुढ्थापाले जानकारी दिए । यस्तै ३, ४ जना अन्य व्यक्तिहरु पनि नांगै हिड्ने वेवारिसे अवस्थामा जुम्लामा घुमिरहेका देखिन्छन् ।

जुम्लामा त्यस्ता मानवहरुको पुनस्थापनाका लागि अहिले संरचना छ्रैन् । जुम्ला भन्दा बाहिर पुनस्र्थापन गरिने योजना पनि यहाँको सरकार सँग छैन् । यसले गर्दा कैयौ बर्षदेखी सड्कमा मानिसहरु बेतित जीवन गुजारिरहेका छन् । यस अघि अपांग पुनस्र्थापन तथा विकास केन्द्रले २ जनाको बृद्धाआश्रममा पुनस्र्थापन गरेको अपांग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिए । तर रकम अभावले भवन अलपत्र परेको छ ।

यता चन्दननाथ नगरपालिकाका उपप्रमुख अस्परादेवी न्यौपानले सडक मानवका लागि पुनस्र्थापना गर्न सवै लाग्नुपर्ने बताइन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अव लगत संकलन गरि जिल्लामै पुनस्र्थापन गृह स्थापना गरि पहल गर्ने वा जिल्ला वाहिर योजना बनाउन आवश्यक रहेको बताए । कर्णाली प्रदेश सरकारले सडक मानव रहित प्रदेश बनाउने भनेपनि जुम्लामा कार्यान्वयन हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया