बाेटेचाैर दुर्घटना : स्थानीयले गरे जाजरकोट र मालारानी सडक अवरुद्ध

सुर्खेत । गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु र दुई जना घाइते भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

बोटेचौर बजारको मालारानी सडक खण्डमा बिहीबार साँझ ७ बजे ट्रकको ठक्करबाट स्थानीय धनबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

तस्वीर साैजन्य वसन्त घर्ती मगर।

आफन्तसहित स्थानीयहरुले आज विहानैदेखि बजार र सडक बन्द गरेको गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।

दुर्घटनापछि सवारी चालक, गाडीधनी र समिति सम्पर्कमा नआएको भन्दै स्थानीयले बन्द गराएको वडाध्यक्ष भट्टराईको भनाई छ । आफन्तहरुले फरार चालक पक्राउ गर्नुपर्ने र गाडी धनी वा समितिका पदाधिकारी सम्पर्कमा आउनु पर्ने अडान लिएका छन् ।

बोटेचौर–मालारानी सडक खण्डको बोटेचौरमा भएको दुर्घटनामा दुई बालक समेत गम्भीर घाइते छन् । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको प्रहरी चौकी बोटेचौरका असई देवबहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया