नाइजेरीया । कुनै पनि मानिसको श्रीमती कति जना होलान् । अवश्य पनि एक जना किनकी कुनै मानिस बरु पटक पटक धेरैसंग प्रेममा पर्न सक्छ तर जीवन काट्ने, साथी अर्थात श्रीमती भने एक मात्र हुन्छन् । आक्कल झुक्कल कसै कसैको दुई जनासम्म श्रीमती हुन सक्छन् तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ र ? मान्नुहोस् १३ जना श्रीमती होलान् पनि तर के १३ जना श्रीमती एकैसाथ गर्भवती हुन सक्लान् त ?

पत्याउनै गाह्रो हुने यो घटना नाइजेरीयाको हो, जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् । १३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घटनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।
अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ । १३ श्रीमतीका श्री’मान्ले आफ्ना सबै श्रीमतीलाई एक आपसमा बराबर माया दिएर राखेका छन् । यतिसम्म कि विवाहपछि आजसम्म उनीहरु बिचमा कहिल्यै मनमुटाव र झगडा भएको छैन । बडो गज्जब छ, जहाँ दुई जना सँगको प्रेम मिलाउन मानिसलाई ग्राहो हुन्छ । यहाँ यी मानिसले १३ श्रीमतीलाई मिलाएर राख्ने मात्र होइन एकैसाथ गञर्भवती समेत बनाएका छन् ।
विवाह भएकै दिन बेहुलीले बच्चा जन्माएपछि
सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए ।
घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य रहेको स्थानिय बासीराम सिंहले जानकारी दिए ।










नेपालीरैबार । २०७७ मंसिर ७, आईतवार