प्रदेश सरकारसँग उद्योगमा लगानी बढाउन व्यवसायीको माग

सुर्खेत । सुर्खेतका उद्योग व्यवसायीहरुले उद्योगमा लगानी बढाउन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । उद्योग व्यवसाय बिना रोजगारी सृजर्ना र प्रदेश सरकारको अर्थतन्त्र बलियो नहुने भन्दै उद्योगमा लगानी बढाउन व्यवसायीहरुले प्रदेश सरकारसँग माग गरेका छन् । छैटौ राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा मंगलबार वीरेन्द्रनगरमा सम्पन्न अन्तक्रिया तथा दिप प्रज्वलन कार्यक्रममा सहभागी उद्योग व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

‘स्थानीय उत्पादनलाई बृद्धि गरी आयातित वस्तुलाई रोक्न कर्णालीमा ठुला उद्योगको आवश्यक छ । यसमा प्रदेश सरकारले लगानीको वातावरण सृर्जना गरोस्’ उद्योग व्यवसायी, लक्ष्मि उपाध्यायले भनिन्, ‘कर्णालीमा विद्यमान बेरोजगारी अवस्थाको अन्त्य गर्न र प्रदेश सरकारको अर्थतन्त्रलाई बलियो बनाउन ठुला उद्योगमा लगानीको खाँचो छ ।’ उनी जस्तै कार्यक्रममा सहभागी अधिकांश उद्योग व्यवसायीले ठुला उद्योग सञ्चालनमा लगानीको खाँचो भएको तर्क गरे ।

उद्योग स्थापनाका लागि प्रदेश सरकारले आवश्यक बजेट सहुलियतमा ऋण तथा अनुदान स्वरुप व्यवस्था गर्नसके कर्णाली परनिर्भर र बेरोजगारी समस्या छिट्टै अन्त्य हुने व्यवसायीको दावी छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले उद्योग व्यवसायीको सुझाब सल्लाहका आधारमा कर्णालीमा औधोगिक क्षेत्रलाई व्यवस्थित बनाउन पहल भइरहेको बताए ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव सेरबहादुर श्रेष्ठले कर्णाली प्रदेशमा औधोगिक व्यवसाय प्रवद्र्धन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा भोकमारी, माहामारी र बेरोजगारी समस्यालाई ध्यानमा राखि उद्योग व्यवसायमा लगानी बढाउने रणनीति अपनाएको उनको भनाइ छ ।

‘कर्णालीका सबै जिल्लामा औधोगिक ग्रामको स्थापना गर्ने गरी काम थालेका छौ । तर कर्णालीमा स्रोत साधान प्रयाप्त भएपनि बजेटको कमिले ठुला उद्योग सञ्चालन गर्न सकिएको छैन’ पर्यटन मन्त्री नन्दसिंह बुढाले भने, ‘अब लगानीकर्तासँग समन्वय गरी ठुला उद्योग व्यवसायमा लगानी बढाउने छौं । तर साना उद्योग सञ्चालनका लागि अनुदानका कार्यक्रम सञ्चालन भईरहेका छन् ।’

तपाईको प्रतिक्रिया