जुम्ला । जुम्लाको एक सामुदायिक वनमा आगालगी हुँदा डेढ हेक्टर वनक्षेत्रमा क्षेती भएको छ । चन्दननाथ नगरपालिका ४ मालाभिड स्थित सिद्धि बिनायक सामुदायिक वनमा मंगलबार दिउसो १२ बजे आगलागी हुँदा डेढ हेक्टर वन क्षेत्रमा क्षती भएको हो । स्याउला सोत्तर ल्याउन वनमा गएका महिलाहरुको लापरबाहिले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तथा वन कार्यालयका कर्मचारीको सहभागीतामा आगालगी नियन्त्रण भएको सिद्धि बिनायक सामुदायिक वनका सचिव देबिप्रसाद सिमखाडाले बताए । उनका अनुसार वनमा आगलागी हुँदा साना तथा ठुला गरी हजारौं विरुवा जलेर नष्ट भएका छन् ।
वनमा आगलागी हुँदा करिब १५ सयदेखि २ हजारसम्म ठुला रुखलाई असर परेको छ । ठुला रुख जलेर नष्ट नभएपनि सुक्ने समस्या हुने स्थानीयको चिन्ता छ । चाडै बृक्षारोपणको कार्यक्रम गरिदिन समेत माग गरेका छन् । यता, जिल्ला वन कार्यालय जूम्लाका सहायक वन अधिकृत भावना शाहिले आगालगीबाट सामुदादिक वनको डेढ हेक्टर जमिनमा क्षती भएको बताईन् ।
उनका अनुसार देवदियार तथा सल्लाका साना विरुवा जलेर नष्ट भएका छन् । आगलागी भएको वनमा चाडै वृक्षारोपण कार्यक्रम गरिने सहायक वन अधिकृत शाहिको भनाई छ । वन क्षेत्र घट्दै गएको अबस्था वन जंगलको सरंक्षण तथा प्रर्बद्धनमा सबै जुट्नु पर्नेमा उनले जोड दिईन् । वनमा जाँदा सावधानी नपआनाएकै कारण वन क्षेत्र आगलागीको चपेटामा परिरहेकाले सबै सचेत रहन वन कार्यालयले आग्रह गरेको छ ।
नेपालीरैबार । २०७७ मंसिर १०, बुधबार