काठमाडौं । अप्रिलिया ‘एसएक्सआर १६०’ म्याक्सी स्कुटर आगामी हप्ता भारतमा लन्च हुने भएको छ । कम्पनीले यो स्कुटरको मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ राख्ने अनुमान गरिएको छ ।
विभिन्न रिपोर्टहरुमा उल्लेख भए अनुसार यो स्कुटर डिसेम्वर पहिलो हप्ता शोरुममा पुग्ने बताइएको छ । यो म्याक्सी स्कुटरलाई अप्रिलियाले अटोएक्स्पो २०२० मा प्रदर्शन गरिएको थियो । एसएक्सआर १६० भारतमा बिक्री हुने सबैभन्दा ठूलो क्षमतको इन्जिन रहेको स्कुटर हुनेछ ।
अप्रिलिया १६० मा सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११।२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा उपलब्ध रहेको छ ।
त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, अप्सनल स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडि टेलल्याम्प जस्ता फिचर रहेको छ ।यो म्याक्सी डिजाइन स्कुटरले सुजुकी वर्गम्यान स्ट्रीट, टीभीएस एनटर्क जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालीरैबार । २०७७ मंसिर ११, बिहीबार