वीरेन्द्रनगरमा १५ शैयाको अस्पताल शिलान्यास

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । वीरेन्द्रनगर ९ लाटीकोइलीमा १५ शैयाको अस्पताल बन्ने भएको हो । संघीय सरकारको एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने अभियान अन्र्तगत वीरेन्द्रनगरमा पनि १५ शैयाको अस्पताल बनाउन थालिएको हो ।

उक्त अस्पतालको शिलान्यास शुक्रबार नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले गरेका हुन् । अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन पनि संघीय सरकारले गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालका अनुसार अस्पताल १८ करोड लागतमा निर्माण हुने भएको छ ।

बहुबर्षिय टेण्डरका आधारमा जतिसक्दो चाँडो अस्पताल निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ । ‘प्रदेश राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसंख्या छ । कोभिड १९, जस्ता माहामारीका कारण विरामीको चाप पनि बढ्दै छ’ उनले भनिन्, ‘बढ्दो विरामीको चापलाई सजिलै व्यवस्थापन गर्न र विशषेज्ञ सेवा प्रवाह गर्न १५ शैयाको अस्पतालले थप सहयोग पुग्नेछ ।’ साथै कटकुवा अस्पताल निर्माणको काम पनि सकिएको भन्दै जनशक्ति तथा उपकरण व्यवस्थापनमा नगरपालिका लागि परेको उनले बताइन् ।

  • यसैबिच शुक्रबार नै सुर्खेत जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गतका १५ सैयाको अस्पताल शिलान्यास कार्यक्रम तपशिल अनुसार हुदैछ ।
    १. वी.न.पा. ९ लाटिकोइली १२ गते बिहान ८ बजे ।
    २. बराहताल गाउपालिका ५ बड्डिचौर १२ गते दिउँसो १ बजे ।
    ३. चौकुने गाउँपालिका ४ बिजौरा १३ गते दिउँसो १ बजे ।
    ४. पन्चपुरी नगरपालिका २ साल्कोट १४ गते बिहान ११ बजे ।
तपाईको प्रतिक्रिया