बैंक प्रति नागरिकको विश्वास, व्याज पाइने चोरीकोे डर नहुने

 

सुर्खेत । पछिल्लो समय कालिकोट जिल्लाका नागरिक हरुमा बैंकहरु प्रति विश्वास बढ्न थालेको छ ।
नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम केहि महिना अगाडि देशकै ठुला वाणिज्य बैंक, ग्लोवल आइएमइ बैंक र जनता बैंक मर्ज भई गाउँको कुनाकुनामा आफ्नो शाखा बिस्तार गरेर सेवा दिन थालेपछि आम जनताको बैंकप्रति विश्वास बढन थालेको हो ।

बैंकप्रति विश्वास भएसंगै गाउ घरमा बाख्रा, भैसी, कुखुरा, तरकारी र अन्नबाली बेचेर कमाएको पैसा गाउँमा सापटी दिदा व्याजको माया ले सावाँ पनि गुम्ने त्रासहुने भएकोले धेर÷थोर जतिभए पनि बैैकमै राख्ने गरेको कालिकोट सान्नि त्रिवेणी गाउँपालिका २ का स्थानीय बिरेन्द्रबहादुर बिष्टले बताए ।

यस्तै खाडाचक्र नगरपालिका ११ कालिकोटका कमलबहादुर शाहिले बैंकमा पैसा जम्मा गर्दा उचित व्याज पनि दिने र सुरक्षा पनि गर्ने भएकोले चोरी तथा हराउँने डर नहुने हुदाँ बैंकप्रति झन विश्वास बढेको बताए ।

हाल गाउँगाउँमा प्रविधि र विकास सगै नागरिकमा पनि सचेतना बढदै गएको छ । बैकिङ क्षेत्रको विकास सगै नागरिकमा पनि बैंकको महत्व बढेको छ । तिनै तहको सरकार निर्माण सगै प्रत्येक स्थानिय तहहरुमा रहेका बैंक तथा वित्तिय संस्थाले हरेक नागरिकमा बचत गर्ने बानीको विकास गरेका पाहिन्छ । हाल कालिकोट जिल्लाका ९ ओटै स्थानियतहमा बैकको पहुच रहेको छ ।

तपाईको प्रतिक्रिया