गर्लफ्रेण्ड भेट्न जाँदा रातभरी रामधुलाई, भोलिपल्ट घरज्वाइँ

भारत । प्रेमिका भेट्न गएका एक युवकलाई प्रेमिकाका परिवारले रातभर कुटेका छन् । त्यसपछि उनीहरुले युवकलाई एउटा कोठामा बन्द गरे ।

भोलिपल्ट बिहान उनीहरूले युवकलाई कोठाबाट निकालेर प्रहरीलाई बुझाए । तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरुसमेत फस्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारसँग कुरा गरे र रातभरी कुटाइ खाएका युवक बिहान त्यो परिवारको ज्वाइँ बनेका छन् ।

घटना भारतको उत्तर प्रदेशको रामपुरमा मायापिरतीको सुमाली गाउँमा भएको हो । प्रेम सिंह नामक युवक लक्ष्मी नामक प्रेमिकालाई भेट्न लगभग मध्यरातमा उसको घर पुगेको थिए ।

प्रेमी  प्रेमिकालाई भेट्न आइरहन्थे । युवक बिहीबार राती पनि करिब १२ बजे प्रेमिकालाई भेट्न उनको घर पुगे । प्रेमिकाका परिजनले आवाज सुनेपछि सतर्क भए । उनीहरुले लुकेर चुपचाप हेर्दा आफ्नी छोरी र प्रेम सिंहको क्रियाकलाप देखेपछि उनीहरुले प्रेमीलाई समातेर कोठामा थुने ।

हल्ला भएपछि छिमेकीहरु पनि आए र युवकलाई कुट्न थाले । भोलिपल्ट प्रेमलाई प्रहरी चौकी लगियो । प्रहरी अधीक्षक अरुण कुमार सिंहले सबैलाई सँगै राखेर कुराकानी गराए ।

त्यसपछि युवक र युवती दुवै पक्षले विवाह गराउनु उचित हुने निष्कर्ष निकाले । अन्ततः रातभरी प्रेमिकाको घरमा कुटाइ खाएका युवक भोलिपल्ट त्यही घरका घरज्वाइँ बनेका छन ।

तपाईको प्रतिक्रिया