सिमकोट । हुम्लाबाट पहिलो पटक विश्व्को सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रेम लामाले यहाँका विपन्न व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेका छन् । कोरोना कहरले समस्यामा परेका सिमकोट गाउँपालिका ३ बरगाउँका अति विपन्न तथा दलित समूदायका घरपरिवारलाई राहत स्वरुप लामाले खाद्यान्न सहयोग गरेका हुन् ।
कोरोनाले कमाउन घर बाहिर जान नसकेर बिहान बेलुका हातमुख जोर्न समस्या देखेपछि व्यत्तिगत रुपमा भएपनि गाउँका ४३ विपन्न घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको लामाले बताए । प्रति घर परिवार २५ किलोका दरले चामल राहत वितरण गरिएको हो ।
हुम्ला जिल्लाबाट पहिलो सगरमाथा आरोही लामाले मङ्सिर १४ गते नेपालगंजबाट हवाई मार्फत ढुवानी गरि सोही दिन ट्याक्टरद्धारा गाउँमा पुगाउँने लक्ष्य भएपनि हिल्दुम खोलाको पानीमा ट्याक्टर तर्न नसक्दा विपन्न वर्गका व्यक्तिहरुलाई सोही खोलामा बोलाएर विचबाटोमै खाद्यन्न वितरण गर्न बाध्य भएको बताए ।
नेपालीरैबार । २०७७ मंसिर १६, मंगलवार