भयानक अटोरिक्सा दुर्घटना सीसी क्यामरामा रेकर्ड (भिडियाेसहित)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार साँझ भएको अटोरिक्सा दुर्घटना सीसी क्यामरामा रेकर्ड भएको छ । मंगलगढी चौकबाट यरिचौकतर्फ जाँदै गरेको अटोरिक्सा चाइनापुलबाट खोर्के खोलामा खसेको हो ।

याे पनि पढ्नुहाेस् : चाइनापुलमा अटोलाई ठक्कर दिएर गाडी फरार, चालक घाइते

सीसी क्यामरा रेकर्डमा अटोरिक्सा र बस सँग सँगै आएको देखिएको छ । तर बसले कुनै ठक्कर वा छोएको भने सीसी क्यामरा देखिदैन् । स्पीडमा आएको अटोरिक्सा एकैपटक चाइनपुलको पूर्वतर्फबाट सिँधै खोलामा खसेको सीसी क्यामरामा रेकर्ड छ ।

बस भने पुलको पश्चिमतर्फ आएर रोकिएको छ । ट्राफिक प्रहरीले बुलबुले आयल स्टोरको सीसी क्यामराको आधारमा बस खोजी रहेको छ । भिडियोमा बसले कुनै ठक्कर नदिएको र छोएको समेत नदेखिएपछि प्रहरी नै अन्यौलमा छ ।

प्रहरीले बसकाे ठक्करबाट नै अटाे दुर्घटना भएकाे अनुमान गरेकाे थियाे । भिडियाेमा एक्काशी अटोरिक्सा सिँधै खोलामा कसरी खस्यो भन्ने प्रहरीलाई समेत अचम्मित पारिदिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्य बताउँछन् । दुर्घटनामा भैरवी गाउँपालिका–१ का कर्णाबहादुर थापा घाइते छन् ।

उनको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीको बाक्लो उपस्थिती हुने वीरेन्द्रनगरमै भयानक सडक दुर्घटना बढ्न थालेपछि नागरिकहरुत्रसित छन् ।

तपाईको प्रतिक्रिया