पाकिस्तानले बलात्कारीलाई नपुसंक बनाउने कानून बनाउँदै

एजेन्सी । मित्र राष्ट्र पाकिस्तानले बढ्दो बलात्कार नियन्त्रणका लागि कडा कानुन ल्याउने तयारी गरेको छ । पाकिस्तानी एक न्युज च्यानलका अनुसार प्रधानमन्त्री ईमरान खानले बलात्कारीलाई रासायनिक तत्व प्रयोग गरेर नपुसंक बनाउने कानुनलाई सैद्धान्तिक मन्जुरी दिएका छन् । जसलाई रोधी कानुन भनिएको छ ।

यो मस्यौद्धा कानुन मन्त्रालयले चाँडै ससदमा पेश गर्ने तयारी भएको छ । यो कानुनलाई स्वीकृत गर्दै प्रधानमन्त्री खानले देशमा सबै नागरिकलाई सुरक्षित गर्ने, बलात्कार बिरुद्धको मुद्धामा अविलम्ब सुनुवाई गर्ने, पीडितलाई खुलेर उजुरी गर्न सक्ने वातावरण बनाउने, साक्षीहरुलाई संरक्षण गर्ने लगायतका रहेका छन् । पाकिस्तान, भारत, नेपाल जस्ता देशमा बलात्कारकाक घटनाहरु निरन्तर बढीरहेका छन् ।

तपाईको प्रतिक्रिया