हुम्लामा जीप दुर्घटना चार जनाकाे मृत्यु सात घाइते

हुम्ला । गएराती हुम्लामा जीप दुर्घटना ४ जनाकाे मृत्य भएको छ भने सात जना घाइते छन् । सदरमुकाम सिमकोटबाट विरामी लिन हेप्काखाेला गएकाे जीप फर्कने बेला सिमकाेट गाउँपालिका-७ डाडाफयाको जबुका नजिकैे दुर्घटना भएको हाे ।

गएराती ११ बजे लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा मृत्य हुने सिमकाेट-७ का ३० वर्षीय पर्वत सुनार, सिमकाेट-२ का पारस बाेहरा, नाम्खा-१ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।


दुर्घटनामा घाईते हुनेमा सिमकोट-२ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ प्युठानका अजय बस्नेत, सिमकोट ८ खाेल्सीकी कल्पना सिंह, सिमकोट ८ खाेल्सीका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका-१ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया