पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको भन्दैँ २ करोड जरीवाना

अर्जेन्टीना । एक व्यक्तिले आफ्नी पत्नीलाई २८ वर्षसम्म घरको काम गराएको क्षतिपूर्ति स्वरूप २ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने भएको छ ।

पारपाचुके मुद्दामा अर्जेन्टीनाको एक स्थानीय अदालतले सुनुवाइको क्रममा यो आदेश दिएको हो । महिलाको आर्थिक सहारा नभएकाले यो धन पतिले उपलब्ध गराउनुपर्ने अदालतको जिकिर थियो ।

उनीहरुको सन् १९८१ मा विवाह भएको थियो। पतिले जागिर खाने र पत्नीले घर सम्हाल्ने निणर्य लिएका थिए ।

बिहेको २८ वर्षपछि सन् २००९ मा पतिपत्नी अलग्गिने निणर्य लिएका थिए ।

तपाईको प्रतिक्रिया