एशियन लाईफ द्धारा मृत्युुदाबी बीमा, २५ हजार भुक्तानी

सुर्खेत । एशियन लाईफ इन्स्योरेन्स कम्पनिको सुर्खेत शाखाले मृत्युुदाबी (मासिक शिक्षा खर्च) रकम भुक्तानी गरेको छ । सिम्ता गाउँपालिका १ सुन्तोला निवासी धोजबहादुर रानाको परिवारलाई मृत्युदाबी रकम २५ हजार २५ रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनीले घर दैलो कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती अमृता रानालाइ ५ महिनाको मासिक सुविधा वापत उक्त रकम गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

मृतक रानाले आफू प्रस्तावक बसी छोरा टेकेन्द्र रानाको २ बर्ष अघि पाँचलाख एक हजार बीमाङ्कको बाल भविश्य जीवन बिमा गराएका थिए । रानाको मृत्यु रोजगारीको क्रममा भारतको गत असार ५ गते भएको थियो । प्रस्तावक गुमेपछी कम्पनिले बिमित टेकेन्द्र रानालाई १६ बर्ष नपुग्दासम्म मासिक २५ हजार २५ रुपैयाँका दरले प्रत्येक महिना शिक्षा खर्च प्रदान गर्ने भएको छ । भने बार्षिक रूपमा तिर्नुपर्ने किस्ता रु ३३ हजार नौसय ४४ रकम रहेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसीले मान्छे जन्मेकै दिन देखि जोखिम शुरु हुने हुँदा सुरक्षा र बाच्नका लागि जीवन बिमा अनिवार्य रहेकोे बताए । कार्यक्रममा कम्पनीको सुर्खेत शाखा अन्तर्गतको राकम उपशाखाका इन्चार्ज ओमबहादुर बुढाले जीवन बिमाका बारेमा धेरै कुरा बुझाउँदै बिमाको पहुँच बिस्तार गर्नकोलागि सबै स्थानीयबासिहरुको महत्वपुर्ण हात रहेको भन्दैँ एकजुट भएर लाग्नुपर्नेमा जोड् दिए ।

यस्तै शिक्षक प्रतिनिधि कृष्णबहादुर भण्डारी, वडा अध्यक्ष मानसिंह कामी, मृतकका परिवार ,आफन्तजनहरु, कम्पनीका बिजनेस म्यानेजर बिक्रम हमाल, अभिकर्ता गोबिन्द बि.क, वडा सदस्य लोकबहादुर शाही, वन अध्यक्ष टिके खत्री, पुर्व गाविस अध्यक्ष पृथ्वीबहादुर खत्री लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया