सल्यानमा पाँच करोडकाे लगानीमा सामूहिक बाख्रापालन

सल्यान । शारदा नगरपालिका–५ रानीकोटमा करिब पाँच करोड रुपैयाँ लागनीमा व्यावसायिक बाख्रापालन थालिएको छ। रानीकोटका २० घरपरिवारले सामूहिक रुपमा बाख्रापालन गरेका हुन्। पहिले एक्लाएक्लै बाख्रापालन गर्दै आइरहेका उनीहरुले अहिले सामूहिक रुपमा थालेका हुन्।

राष्ट्रिय कृषि विकास कम्पनीमार्फत चार करोड ५० लाख रुपैयाँ बराबरको लगानी गरेर सामूहिक बाख्रापालन थालिएको छ। कम्पनीमा एकजनाले एक लाख रुपैयाँ बराबरको शेयर लगानी रहेको राष्ट्रिय कृषि विकास कम्पनीका अध्यक्ष किरण शाहीले बताए।

कर्णाली प्रदेशमै बाख्रा स्रोत केन्द्रको रुपमा स्थापित गराउन सामूहिक बाख्रापालन सुरु गरेको उनको भनाइ छ। अहिले फार्ममा २५० वटा बाख्रा रहेका छ। बाख्रालाई आवश्यक घाँसका लागि ४०० रोपनीमा घाँस खेती पनि गरिएको छ।

तपाईको प्रतिक्रिया