एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु

काठमाडौं । नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ ।

फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक बलात्कार गरिएको र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ । यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफर क्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ ।

द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् ।

रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चोटहरुले उनको सा’मूहिक बलात्कार भएको जनाउँथे ।यो घटनाबारे एयरलाइन्सले कुनै बयान जारी गरेको छैन ।

पुलिसले अहिलेसम्म यो घटनाका सम्बन्धमा ११ जनालाई गिरफ्तार गरेको छ । पक्राउ परेकामध्ये ३ जना त्यस रातको पार्टीमा सहभागी थिए । क्रि’स्टिनकी आमाले पुलिसलाई दिएको ब’यानका छोरी आफ्नो अनुमति लिएर पा’र्टीमा गएको बताएकी छिन् ।

क्रि’स्टिन सामाजिक संजालमा निकै लोकप्रिय थिइन् र उनको फ्यान फलोइङ राम्रो थियो । यही कारण पनि उनको मृत्युको घटनाले सामाजिक संजालमा हलचल ल्याएको हो ।

तपाईको प्रतिक्रिया