पूर्वमाओवादी नेताप्रति कटाक्ष– ओलीका साइबर सेनाभन्दा भगौडाहरूले बढी खरानी घसे

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली पक्षमा गएका पूर्व माओवादीका नेताहरूले बढी खरानी घसेको बताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोध सभामा बोल्दै उनले केपी ओलीका साइबर सेनाभन्दा भगौडाहरूले बढी खरानी घसेको देख्दा अचम्म लागेको बताएका हुन् ।

‘उहाँहरुले धेरै खरानी घस्नुभएको छ,’ ओली समूहमा गएका पूर्व माओवादी नेताहरूतर्फ संकेत गर्दै उनलेभने, ‘ओलीका समर्थकले भन्दा पनि तल्लो स्तरमा झरेर टिप्पणी गरेको देख्दा अचम्ममा परेको छु ।’

मन्त्री पद पाएपछि पूर्व माओवादीबाट गएका मणिचन्द्र थापा, टोपबहादुर रायामाझी लगायतका नेताहरूले दाहालको खुलेर आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया