लागुऔषध कारोबारका कुख्यात नाइके नेदरल्यान्ड्समा समातिए

काठमाडौं । लागुऔषध कारोबारमा विश्वभर कुख्यात नाइके ​नेदरल्यान्ड्समा समातिएका छन्। ​निजलाई पक्राउ गर्न अष्ट्रेलियन प्रहरीले इन्टरपोल गुहारेको थियो। सोही आधारमा निजलाई नेदरल्याण्ड्समा पक्राउ गरिएको हो।

संसारमा सबैभन्दा बढी खोजी गरिएका फरार अभियुक्त मध्येका एक मानिने सोलाई एम्स्टर्डामस्थित स्किपोल विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ। एक दशकभन्दा अघिदेखि प्रहरीको निगरानीमा परेका सो शुक्रवार क्यानडातर्फ उड्न लागेका बेलामा पक्राउ परेका थिए।

चीनमा जन्मिएका क्यानडेली नागरिक सो ची लप विश्वभर नै लागुऔषध कारोबारमा कुख्याती कमाएका व्यक्ति हुन्‌। उनको समूह हालसम्म विश्वकै ठूलो लागुऔषध गिरोह हो। ५६ वर्षीय सोलाई उनको अवैध साम्राज्यको आकारका कारण मेक्सिकोका लागुऔषध कारोबारी ुह्वाकिन एल च्यापोु गुज्मानसँग तुलना गर्ने गरिन्छ।​

लपले ुद कम्पनीु नामक भूमिगत गिरोह चलाउने गरेका थिए। उक्त गिरोहले एशियाभर ७० अर्ब डलर बराबरको गैरकानूनी लागुऔषध कारोबार गर्छ। सोलाई अस्ट्रेलियाले आफ्नो देशमा मुद्दा चलाउन सुपुर्दगी गराउन खोजिरहेको छ। प्रहरीले उनलाई सन् २०१९ मा एउटा पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

पछिल्ला वर्षहरूमा उनी मकाउ, हङकङ र ताइवानमा लुकिरहेको चर्चा चलेको थियो। लागुऔषध ओसारपसारको आरोपमा सन् १९९० ताका अमेरिकामा पक्राउ परेपछि उनले ९ वर्ष जेलमा बिताएका थिए।

तपाईको प्रतिक्रिया