ट्रेर्ड सेन्टर सञ्चालनपछि गार्मेण्ट उद्योग खोल्ने योजनामा छु

हरेक व्यक्तिको आ–आफ्नै लक्ष्य हुन्छ । सबै आ–आफ्नो क्षेत्रमा अब्बल बन्न चाहन्छन् । तर कसैको सोच पूरा हुन्छ, त कसैले सोचे अनुसारको सफलता प्राप्त गर्न सक्दैनन् । हरेक पेशा तथा व्यवसायमा विभिन्न प्रकारका समस्या र चुनौती छन् । तर जो तिनै समस्या र चुनौतीसँग सामना गर्दै अघि बढ्छ ऊ अवश्य सफल पनि हुन्छ । यस्तै समस्या र चुनौतीको सामना गर्दै अघि बढेका एक सफल व्यवसायी हुन् आर.पी. पाण्डे । फेन्सी व्यवसायमा अब्बल बन्दै गएका आर पी पाण्डेको लक्ष्य डाक्टर बन्ने थियो । तर उनलाई भाग्यले व्यवसायतर्फ डोर्‍यायो । वीरेन्द्रनगरमा दुई वटा फेन्सी पसल सञ्चालन गरेर व्यवसायमा भिजेका उनले केही दिनभित्र उपहार ट्रेर्डस पनि सञ्चालनमा ल्याउँदैछन् । भने केही समयपछि गार्मेण्ट उद्योग नै सञ्चालन गर्ने योजनामा छन् । दैनिक उपभोग्यदेखि गार्मेण्टका सबै सामान एउटै छानोमुनी उपलब्ध हुने गरी सेवा विस्तारको तयारी भइरहेको उनले बताए । रैबारकर्मीले उनीसँग गरेको कुराकानीमा आधारित सामग्रीः

बाल्यकाल
आर पी पाण्डेको जन्म २०३८ सालमा भएको हो । उनी साविक दैलेख रानीवन गाविस–५ तथा हालको महावु गाउँपालिका–४ मा बुवा कृष्णलाल र आमा कौशीला जैशीको कोखबाट जन्मिएका
हुन् । पेशाले बुवा आमा कृषिमा निर्भर भएपनि उनको परिवार गाउँको सम्पन्न परिवार नै हो । उनको बाल्यकाल पनि गाउँमै बित्यो । उनी बिहान, बेलुका घरायासी काममा पनि सहयोग गथ्र्ये । भने दिनमा स्कुल जान्थ्ये । चार दाजु र एक दिदीपछिका उनी घरको कान्छो छोरा हुन् । उनलाई घरका कहिल्यै आर्थिक अभावको महसुस भएन । गाउँकै स्कुलमा निम्न माध्यामिक तहको पढाइ पूरा गरेका उनले माध्यामिक तहको पढाइ दैलेख सदरमुकामा बसेर पूरा गरेका हुन् । सुर्खेतमा आएर उच्च शिक्षा अध्ययन गरेका उनी हाल मध्यपश्चिम विश्वविद्यालयमा मास्टर डिग्री अध्ययन गर्दैछन् ।

व्यवसायिक यात्रा
माध्यामिक तह अध्ययन गर्दै गर्दा आर.पी. पाण्डेको लक्ष्य भविष्यमा डाक्टर बन्ने थियो । तर उनको लगाव व्यवसायतर्फ बढ्न थालेपछि डाक्टर बन्ने सोच अधुरै रह्यो । भने पढाइ पनि केही वर्ष रोकियो । २०५१ सालमा उनी दैलख सदरमुकाममा अध्ययन गर्दैगर्दा उनका दाईले फेन्सी पसल सञ्चालन गरेका थिए । बिहान, बेलुका फेन्सी पसलमा बस्ने अनी दिनमा विद्यालय जाने गरेका उनी विस्तारै व्यवसाय तर्फ नै आकर्षित हुन थाले । व्यवसायलाई नजिकबाट बुझन थालेपछि उनको रुची पनि व्यवसायमै बढ्यो । निरन्तर व्यवसायमै गरेको लगानी र मेहनतले उनलाई व्यवसायबाट टाढा हुन मन लागेन । उनले आफ्नो भविष्य नै व्यवसायमै देख्न थाले । पछि २०५७ सालमा सुर्खेत झरेका उनले सुर्खेतमै फेन्सी पसल सञ्चालन गरे । हाल वीरेन्द्रनगरमा उनले दुई वटा उपहार फेन्सी पसल नामबाट व्यवसाय गरिरहेका छन् ।

श्रीमतिबाट थप हौसला सानो पूँजीबाट व्यवसाय सुरु गरेका उनलाई सुरुसुरुमा वीरेन्द्रनगरमा व्यवसाय गरेर टिक्न निकै सकस थियो । नयाँ ठाउँ, सजिलै अरुले ऋण, सापटी पत्याउने स्थिती थिएन । तर ईमान्दारिता र लगनशीलताले उनी ग्राहकको मन जित्दै गए । सामान थप्दै थोरै नाफा खाएर बेच्न थालेपछि उनलाई ग्राहकले पनि विश्वास गर्न थाले । त्यसैले पनि उनलाई व्यवसायमा

टिक्न सहज
भयो । २०५६ सालमा कृष्णाकुमारी पाण्डेसँग बैवाहिक बन्धनमा बाँधिएका उनलाई श्रीमतिले पनि थप हौसला दिँदै गइन् । पछिल्लो समय आफू व्यवसायमा सफल बन्दै जानुको श्रेय उनी आफ्नी श्रीमतिलाई दिन्छन् । ‘श्रीमतिको माया, साथ र हौसलाले आज म यो ठाउँमा छुँ । यसको श्रेय श्रीमतिलाई जान्छ’ उनले भने, ‘आगामी दिनमा पनि श्रीमतिको साथले मलाई व्यवसायमा थप अब्बल बनाउने छ ।’ हाल श्रीमती, छोराछोरी र उनी गरी चार जनाको परिवार छ ।

ट्रेर्ड सेन्टर सञ्चालन गर्दै
व्यवसायमया सफल बन्दै गएका आर पी पाण्डेले आगामी फागुनबाट ट्रेर्डस सेन्टर पनि सञ्चालनमा ल्याउँदैछन् । उनका अनुसार हाल ट्रेर्डस सेन्टरको डेकुरेशनको काम भइरहेको छ । ट्रेर्डस सेन्टर सञ्चालनका लागि करिब चार करोड लगानी गरिएको छ । बढ्दो व्यापारिक प्रतिस्पर्धा र टेक्नोलोजीको विकाससँगै आफ्नो व्यवसायलाई पनि अघि बढाउन उनले आफ्नो क्षमता पनि विकास गर्दै गएका छन् । सोही कारण मास्टर डिग्री अध्ययन गर्न थालेका उनलाई जागिर खाने मोह
छैन । तर पढाइ निरन्तर अघि बढाउने सोच छ ।

आफ्नो व्यवसायलाई विकसीत टेक्नोलोजीसँगै अघि बढाउने सोच राखेका उनले ट्रेर्ड सेन्टर सप्टवेर्यर सिस्टमबाट चलाउने योजना बनाएका छन् । उनले आफू जहाँ भए पनि सप्टवेर्यर सिस्टमबाट व्यवसायको अवस्था हेर्न सक्नेछन् । ट्रेर्डस सेन्टरमा जुता, चप्पलसहित गार्मेण्टका सबै आइटम (स्वदेशी तथा विदेशी) उपलब्ध हुनेछन् । मूल्य फिक्स हुनेछ । टेर्डस सेन्टरभित्र ग्राहकका लागि सेल्फी प्वाइट र माइलेज कार्डको व्यवस्था गरिनेछ । भने चीन तथा भारतका विभिन्न सहरबाट सामान आयात गरिनेछ ।

अबको योजना
हाल १२ जनालाई रोजगारी दिएका आर पी पोण्डेले ट्रेर्डस सेन्टर सञ्चालनपछि करिब ३० जनालाई रोजगारी दिने योजना बनाएका छन् । आयातित सामान रोक्न सुर्खेतमै गार्मेण्ट उद्योग खोल्ने योजनामा छन् । दैनिक उपभोग्यदेखि गार्मेण्टका सबै सामान एउटै छानोमुनी उपलब्ध हुनेगरी व्यवसाय विस्तार गर्ने उनको योजना छ । सुर्खेत उद्योग वाणिज्य संघका सचिव समेत रहेका उनी विभिन्न सामाजिक संघ–संस्थाहरुमा पनि आबद्ध छन् ।

‘हाल बाह्य उत्पादन बेचिरहेका छौं । अब व्यवसायलाई निरन्तरता दिँदै उत्पादन क्षेत्रमा पनि लाग्नेछुँ’ उनले भने, ‘केही समयपछि गार्मेण्ट उद्योग खोलेर सुर्खेतमै विभिन्न आइटमका कपडा उत्पादन गरिनेछ । त्यसपछि बाह्य उत्पादन घट्टै जानेछ । जसले गर्दा हाम्रो व्यवसाय अब्बल बन्नुका साथै कर तिरेर स्थानीय तथा प्रदेश सरकार थोरै भए पनि अर्थतन्त्रमा बलियो बन्दै जानेछन् ।’

बढ्दो व्यापारीक प्रतिस्पर्धा र समय तथा ग्राहकको मागका आधारमा व्यवसायलाई अघि बढाउने उनको योजना छ । साथै हालसम्म ग्राहक र अन्य निकायबाट पाएको साथ सँधै निरन्तर रहोस्भन्ने उनेको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया