काठमाडौं । अभिनेत्री श्वेता खड्काले दान गर्छु भन्नेले बोलेको दान रकम दिन अनुरोध गर्नु भएको छ । आज एक अनलाइनमा धुर्मुस सुन्तली फाउण्डेशनलाई लागेको ९ लाख बढी ऋणको समाचारको स्क्रिनसट, आफूले निर्माण गरिरहेको माझी बस्तीको फोटो सेयर गर्दै खड्काले लामो स्टाटस लेख्नुभएको हो ।
उहाँले धुमुर्स सुन्तली फाउण्डेसनजस्तै श्वेता श्री फाण्डेशनले पनि सिन्धुपाल्चोकको भीमटारमा माझी बस्ती निर्माण गर्दै रहेको र ऋण लागेको कुरा उल्लेख गर्नुभएको छ । सहयोग दिन्छौं भनेर धेरैले वाचा गरेपनि बोले अनुसारको सहयोग नआएकोले माझीबस्ती निर्माणले पूर्णता पाउन नसकेको खड्काले बताउनुभयो ।
स्वेताले लेख्नुभएको छ, ‘स्थानीय सरकार , सरोकारवाला निकाय तथा बिभिन्न दाताहरुले माझी बस्तीसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याए सम्मको सहयोग गर्नु भयो । तर केहि यस्ता दाताहरु पनि भेटिए जस्ले सहयोग रकम बोल्नु भयो तर सहयोग उपलब्ध गराउनु भएन । हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नु भएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर , दान, धर्म र कर्म भनेको मनदेखी स्फुटन हुने कुरा हो । हामीले त सहयोगको अपिलसम्म गर्ने हो ,बलजफती गर्ने होईन ।’
श्वेताले आफ्नो प्रतिवद्ताद्ध र कटिवद्धतालाई भुलेर गरिबहरुको आशा र भरोसा माथी खेलवाड गर्नु भने पक्कै राम्रो नभएको समेत उल्लेख गर्नु भएको छ । ‘पुरा गर्न नसक्ने-बाचा, पुर्ति गर्न नसक्ने -आश्वासन र दिन नसक्ने-सहयोगको कुनै अर्थ छैन’ खड्काले भन्नु भएको छ, ‘अतः आफुलाई समाजसेवीको रुपमा चिनाउन कोही कसैको भरोशा माथि खेलवाड नगरौ ।’ श्वेताको यो स्टाटसमा धेरैले कमेन्ट गरेका छन् । पाँच तारे होटलमा विवाह गरी लाखौं पैसा उडाएको भन्दै श्वेताको आलोचना समेत गरेका छन् ।
एक फेसबुक प्रयोग कर्ताले लेखेका छन्, सहयोग मागिएर पैसा उठाएर त जसले पनि समाज सेबा गर्न सकिन्छ यहाँ पैसा दिनेको नाम चाहिँ हुदैन लिस्टमा ? अनि नाम चाहिँ श्वेता खड्काले बनायो माझी बस्ती, धुर्मुस सुन्तलीले बनायो रंगशाला भन्ने हुन्छ । यो समाजसेवा गर्नी भनिएको आफनै पैसाले हो मागेर त जसले पनि गर्न सक्छ । सहयोग भने कुरा बारबार मिल्दैन अरुले सहयोग देलान र म काम गर्छु भनेर काम थाल्नुभयो भने सधै अरुसँग मागिएर कति दिन चल्छ ? समाजसेवा भनी आफै गर्नी हो आफनै लगानी ले गर्नी इशा गुरुङले आफनै खर्चले समाज सेबा गरेकी छन् । मागिएर हैन देशले गर्ने काम केटा केटीले गरेर हुन्छ त ? त्यही भएर चुपचाप बस्ने हो । यो समाजसेबा भनिएको मागी खाने भाडो हो ।’
यसैगरी केहीले श्वेताको बचाउ र केहीले श्वेताको आलोचना गरेका छन् । करोडौं खर्च गरेर विवाह गरेकी श्वेताले माझी बस्ती भने अझै पूरा गर्न सक्नु भएको छैन् ।
नेपालीरैबार । २०७७ माघ २०, मंगलवार