इङ्ग्लिस प्रिमियर लिगमा बर्नली म्यानचेस्टर सिटीसँग पराजित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ ।

बर्नलीलाई २-० गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै म्यानचेस्टर सिटीको २१ खेलबाट ४७ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २२ खेलबाट ४४  अंक रहेकाे छ ।

तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २२ खेलबाट ४२ अंक छ । गएराति भएको खेलमा लेस्टर सिटीले फुलह्यामलाई पन २-० गोल अन्तरले  पराजित गर्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा एभर्टनले लिड्स युनाइटेडलाई २-१ गोलले पराजित गर्दै खेलको छैठाैँ स्थानमा उक्लिएको छ ।

यस्तै ब्राइटेनले लिभरपुललाई १-०  गोल अन्तरले  र वेष्टह्यामले एस्टोन भिल्लालाई ३-१ गोलले पराजित गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०७७

ad

तपाईको प्रतिक्रिया

तपाईको प्रतिक्रिया