शाओमी नेपाल रेडमी ९ पावर सार्वजनिक, ६००० एमएएच ब्याट्री

काठमाडौं । शाओमीको रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्ता रेडमी ९ पावर भित्रिएको छ । शाओमी नेपालले यो स्मार्टफोन नेपाली बजारमा भित्र्याएको हो ।

यो रेडमीमा ६००० एमएएच ब्याट्री छ र एकपटक चार्ज गर्दा एक दिनभन्दा बढी टिक्ने कम्पनीले जनाएको छ । यसका साथै ४८ एमपी क्वाड क्यामेरा सेट अप, अक्टा-कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्ले रहेको जनाइएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो वर्ष शाओमी नेपालको लागि अद्भूत रहेको बताए । “हामीले हाम्रो रेडमी फोन सिरिजलाई केवल ९ को छाताअन्तर्गत उपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअलश्रेणीमा विस्तार गर्‍यौं र रेडमी इयरबड्स एस र एमआई टीभी सार्वजनिक गरेर केही उद्योग बेन्चमार्क पनि कायम गरेका छौं,” उनले भने ।

४जीबी+ ६४ जीबी भेरियन्टको मूल्य १९ हजार, ४ जीबी+ १२८ जीबी भेरियन्टको मूल्य २१ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया