उतार–चढावबीच नेप्से सामान्य बढ्यो, कारोबार सात अर्ब ६४ करोड

काठमाडौं । उतार–चढावबीच बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य सुधारिएको छ । नेप्से ८.६६ अंकले बढेर २५ सय ४३. ०३ विन्दुमा पुग्यो । मंगलबार २९ अंकले झरेको नेप्से बुधबार सामान्य सुधारिएको हो । आइतबार र सोमबार गरेर नेप्से ८६ अंकले बढेको थियो ।

यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आए पनि वाणिज्य बैंक समूहमा २६.६१ अंकको सुधार आएसँगै नेप्से सुधारिएको हो । यसदिन जीवन बिमा समूहमा ११५ अंकको गिरावट आए पनि निर्जीवन बिमा समूहमा भने ६२ अंकको वृद्धि आयो । यसदिन होटेल समूह ४४ अंकले बढ्दा वित्त समूहमा पनि ३८ अंकको सुधार आयो ।

व्यापार समूह ९७ अंकले घटेको दिन उत्पादनमूलक समूह ६९ अंकले झर्‍यो भने लघुवित्त समूहमा पनि करिब ४५ अंकको गिरावट आयो । यसदिन गोर्खाज् फाइनान्सको सेयर भाउ १० प्रतिशतले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र आईसीएफसी फाइनान्सको सेयर भाउ पनि ९ प्रतिशत बढीले बढ्यो ।

यसदिन १९१ कम्पनीको एक करोड ४९ लाख कित्ता सेयर सात अर्ब ६४ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया