ओलीको ठाडो आदेशमा रामकुमारीलाई पक्राउ गरियो, एकपटक फेरि जाग्‍नुपर्छ : : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरेको बताएका छन्।

आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समितीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीको ठाडो आदेशमा हिजोदेखि जबरजस्ती पक्राउ गर्न खोजेका थिए। आज समातेर लगेका छन् रे!’

‘लोकतन्त्रको पक्षमा बोल्दा हिजोदेखि पक्राउ गर्न खोजिरहेका थिए। हामीले रोकेका थियौँ’ उनले भने, उहाँ त छुटिहाल्नुहुन्छ। तर, उहाँहरूले लोकतन्त्रको पक्षमा बोल्नेलाई पक्राउ गरेर आफ्नो नियत देखाइसके।’

प्रधानमन्त्रीले प्रहरीलाई जसरी भए पनि पक्राउ गर्नुपर्‍यो भनेर दबाब दिएको उनले बताए। ओलीको कदमले धर्म निरपेक्षता, संघीयता र लोकतन्त्रमाथि प्रहार गरेको बताए।  ‘हामीले ठूलो संघर्षबाट यो उपलब्धि ल्याएका हौँ। यसको रक्षाका लागि हामीले एकपटक फेरि जुरमुराउन आवश्यक छ’ उनले भने।

तपाईको प्रतिक्रिया