पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै सर्वोच्च अदालतमा दुई वटा रिट दर्ता भएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले बेग्लाबेग्लै रिट दर्ता गरेका हुन् ।
पशुपतिका भण्डारी, स्थानीय, सम्पदा संरक्षण अभियन्ताले विरोध गर्दागर्दै पशुपति क्षेत्र विकास कोषले १०८ किलो सुनको जलहरी राख्ने तयारी अघि बढाएकै बेला सो रिट दर्ता भएको खबर कान्तिपुरमा छापिएको छ।
नेपालीरैबार । २०७७ फाल्गुन ११, मंगलवार