लुटेरासँग प्रहरीको झडप, २ भारतीयसहित ३ जना पक्राउ

तुलसीपुर, ६ फागुन । महोत्तरीमा प्रहरी र टुलेराहरुबीच झडप भएको छ । लुटपाट गर्ने तीन जनासँग प्रहरीको गोली हानाहान भएको हो । उनीहरु पुस २२ गते मनरा नगरपालिका २ स्थित भोलिहिमा रामसेवक यादवको घर गोदाममा लुटपाटमा संलग्नहरु रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय रहेका छन् ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बासका ३२ वर्षिय शक्ति कपुर पासवान रहेका छन् भने दुई भारतीयमा बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का २३ वर्षका उपेन्द्र यादव रहेका छन् ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया