‘बाटो बन्यो, अब ग्रावेल होस्’

गौरी बस्नेत लेकबेशी नगरपालिका वडा नं. एक लेखफर्सामा बस्छिन् । उनको गाउँमा भर्खर मात्रै नगपालिकाले बाटो खनेको छ । उनले बाख्रा र भैंसी पाल्दै आएकी छिन् । उनको गाउँमा पहिले सडक थिएन । अहिले सडक आउँदा उनी खुशी छन् । ‘मेरो घर आँगनमा नै सडक आउला भन्ने मलाई विश्वासै थिएन ।

अहिले घर अगाडी नै १० मिटर भन्दा बढी चौडाईको बाटो नगरपालिकाले बनाउादा हाम लागि असाध्यै राम्रो भएको छ,’ उनी भन्छिन्, ‘अब यो बाटो ग्रावेल भइदिएको भए आनन्द हुन्थ्यो । तर पनि नगरपालिका आइसकेपछि यति सुविधा पाइएको छ खुशी लाग्छ ।’

‘हामी अहिले घरमै उत्पादन गरेका सामानहरु विक्रीका लागि दशरथपुर, वीरेन्द्रनगर लैजान पाउँछौं’ स्थानीय कविराम सुनार भन्छन्, ‘पहिले हामीले सामान ल्याउँदा भारी बोक्नै पथ्र्यो, अहिले सजिलो भएको छ ।’ उनले अब घरमै सडक आएपछि काम गर्न, सामान बिक्री गर्न सजिलो भएको बताउँदै अब पालिकाले यो बाटोलाई पक्की बनाउन माग गरे ।

नगरपालिकाका इन्जिनियर खेमराज पोखरेलले उक्त आयोजना वडा कार्यालयदेखि पश्चिम रातेखोला जोडने सडक निर्माण तथा ग्रावेल गर्ने कार्य यही वर्ष सुरु भएको बताए । ‘त्यो बाटो अस्तिमात्रै नापजाँच गरेर आएका छौं ।’ बाटो राम्रो बनेको छ,’ उनले भने, ‘९९० मिटर लम्बाई तथा कम्तिमा १० मिटर फराकिलो बाटो बनेको छ । यसको बजेट जम्मा १३ लाख हो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले बजेटले भ्याएको खण्डमा उक्त सडक ग्रावेल गर्ने बताए ।

‘त्यो नयाँ बाटो हो । हामीले बजेट पुगेको खण्डमा ग्रावेल गर्ने योजना बनाएका छौं । नगरपालिकाले निर्माण गरेका सबै सडकहरु चैडा र राम्रा छन् ।’

नगरप्रमुख गगनसिंह सुनारले आफूहरुको ध्यान सबैभन्दा पहिले पूर्वाधार निर्माणमा गएको बताए । ‘हामीले सबैभन्दा पहिले सडक पूर्वाधारमा नागरिकको पहुँच पु¥याउन प्रयास गरेका छौं,’ उनी भन्छन्, ‘त्यसपछि हामी अन्यत्र ध्यान दिने योजनामुताविक अघि बढेका छौं ।’ नागरिकको माग बमोजिम काम गर्ने प्रयासमा आफूहरु रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया