सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले गुमाएकी थिइन् फिल्म

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो ।

सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको अन्त्यतिर सलमान र ऐश्वर्याको बीचमा सार्वजनिक रुपमा नै झगडा परेको थियो ।

‘चलते(चलते’ फिल्मको सेटमा सलमानले झगडा गरेका थिए । फिल्मको मुख्य भूमिकामा शाहरुख खानसँग पनि सलमान भिड्न पुगेका थिए । जसको कारण फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानी मुखर्जीलाई भित्र्याइयो ।

यति मात्र होइन सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले थुप्रै ठूला फिल्महरुबाट हात धुन परेको थियो । कतिपय निर्देशक र निर्माताले आफ्नो फिल्ममा ऐश्वर्यालाई प्रतिबन्ध लगाएका थिए । सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले बलिउडमा टिकिरहनका लागि आफूभन्दा जुनियर अभिनेता विवेक ओबेरोय, अर्जुन रामपाल र प्रियांशु चटर्जीहरुसँग फिल्म खेलिन् ।

तपाईको प्रतिक्रिया