सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । यहाँका व्यापारी/व्यवसायीहरुमा बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा ब्यापारी र व्यवसायहरुसँग बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजनाको विषयमा जानकारी गराइएको थियो । साथै, काभिड–१९ बाट प्रभावित ग्राहकका लागि बनाइएका नीति योजनाहरु सम्बन्धी ज्ञान र चेतना सम्बन्धी पनि जानकारी गराइएको नेपाल बैंकर्स एसोसिएशन कर्णाली प्रदेशका संयोजक राजकुमार शाक्यले जानकारी दिए ।
सहभागीहरुले यस्ता कार्यक्रमहरुले वित्तिय साक्षरताका विषयमा थप ज्ञान हासिल प्रदान गर्न सकिने भएकोले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्तममा नेपाल राष्ट्र बैंक कर्णालीका प्रमुख शालिग्राम पोख्रेल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रत्येक बैंकबाट मनोनित भएका ९५ जना ग्राहकहरु सहभागी थिए ।
नेपालीरैबार । २०७७ चैत्र ९, सोमबार