कर छल्ने व्यवहासायीलाई स्थलगत कार्वाही गर्छौ : शर्मा

एक दिने कर अभिमुखीकरण तालिम

ओमप्रकाश गुप्ता
देउखुरी ७ फागुन । सरकारलाई राजश्व छलेर अनाधिकृत रुपमा ब्यवसायी गर्ने कुम्ले वा अन्य कुनै पनि ब्यवसायीहरुलाई उद्योग बाणिज्य संघ वा आधिकारीक ब्यापारीहरुले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा भन्सार कार्यालयलाई मालसामान सहित समातेर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख लिलाप्रसाद शर्माले आग्रह गरेका छन् । देउखुरी क्षेत्रका गाउँगाउँमा कुम्ला झोला बोकेर अनाधिकृत ढंगले ब्यवसाय गर्ने ब्यापारीहरुको बिगविगी बढिरहेको बेला कर कार्यालयले उद्योग बाणिज्य संघहरुलाई यस्तो आव्हान गरेको हो ।

पानामा दर्ता नगरेर वा घरघरमा कुम्ला बोकेर कसैले कुनै पनि ब्यवसायी संचालन गरेको छ भने गोप्य सुचना दिनुस, सुचना दिनेको नाम समेत गोप्य राखेर हामी स्थलगत कार्वाही गर्छौ– आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कार्यालयका प्रमुख शर्माले भने । राज्यलाई कर तिर्नु सबै ब्यापारीको दायित्व हो, आफ्नो दायित्व बिर्सेर कर छली गरि ब्यवसाय गर्ने कसैलाई छुट हुने छैन–उनले भने ।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरले मंगलबार देउखुरीको सिसहनियाँ, लमही, गढवा र कोइलाबासमा पुगेर त्यहाँ रहेका ब्यवसायीहरु र उद्योग बाणिज्य संघका पदाधिकारीहरुलाई कर सचेतना प्रवाह गरेको हो । अभियानमा सरकारलाई आयकर नतिरेर ब्यवसायी सञ्चालन गर्न नपाईने सन्देश गाउँ टोलमा प्रवाह गर्न टोलीले उद्योग बाणिज्य संघहरुलाई अनुरोध गरेको छ । छलफल कार्यक्रममा आयकर, अन्तःशुल्क र भ्याटमा ब्यवसाय दर्ता गर्नु पर्ने सिष्टम र खरिद बिक्री खाता हरेक ब्यापारीले अद्यावधिक गरि राख्नुपर्ने बिषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता तथा आन्तरिक कर कार्यालय तुलसीपुरका प्रमुख लिलाप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै गढवामा

तपाईको प्रतिक्रिया