जुुम्लामा गहुँ–जौंको सट्टा सामूहिक स्याउखेती

जुुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउ खेती गरिने भएको छ ।

करीब १९ हेक्टर जमिनमा साढे ५ हजार स्याउका बिरूवा रोपिएको छ ।

जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।

‘तातोपानी–६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैंचा बनाउन जुटेका छन् । १ लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे ५ हजार स्याउका बिरुवा रोपिएको छ,’ उनले भने ।

सो जमिनमा यसअघि गहुँ र जौं लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयले त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएका कार्यालयले जनाएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिकरूपमा स्याउखेती शुरूआत गरिएको स्थानीय देवीकन्या खड्काले बताइन् ।

हिँयाखोलामा रोजगारीका अवसर समेत छैनन् । बेरोजगार युवालाई समेत रोजगारी सिर्जना गर्नेगरी सामूहिक स्याउ कृषिमा आफूहरू जुटेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘गाउँ शैक्षिक र आर्थिक हिसाबले पनि निकै पछाडि छ, गाउँमा १ जना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैंचाले सिंगो गाउँको जीवनस्तर उठ्नेदेखि व्यवसायतर्फ स्थानीयलाई अघि बढ्नमा मद्दत पुग्ने छ ।’

अहिले गाउँका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भने, ‘स्याउ किसानले स्याउ खेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।’

ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैंचा बनाउने स्थानीयको योगदानलाई स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ भने घेरबारका लागि २० लाख रुपैयाँ अनुदान दिएको छ ।

गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि ५ लाख बजेट दिने घोषणा गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया