‘प्रहरी हुँ’ भन्दै पैसा उठाउँदै आएका दुई जना पक्राउ

धनगढी : धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन्।

कैलाली जिल्लाका विभिन्न स्थानबाट आफूहरू सादा पोसाकमा खटिएको र प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा नगदसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तपाईको प्रतिक्रिया