नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने शीर्ष नेताबीच सहमति भएको छ ।
शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि शीर्ष नेताहरू शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीचको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउने सहमति गरेको हो ।
‘वैकल्पिक सरकारको बहस भइरहेको समयमा र कांग्रेस अनिर्णित हुँदा संसद्ले सरकार दिन नसक्ने अवस्था रहेकाले उचित निर्णय गर्दै अघि बढ्ने सहमति भएको छ । यो विषय केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी छ,’ नेतृ डिला संग्रौलाले बताइन् ।
नेपालीरैबार । २०७७ चैत्र २१, शनिबार