प्रजातन्त्र दिवसका अवसरमा फलफुल बितरण

तुलसीपुर, ८ फाल्गुन ।
नेपाल लेखापढी कानून ब्यवसायि एशोसियसन ईकाइ समितिले आज मंगलवार तुलसीपुर प्रादेशीक अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा लेखापढी कानून ब्यवसायीहरुले फलफुल बितरण गरेका हुँन । फलफुल बितरण गर्नु अघि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव एवम् पत्रकार शुसिल बस्नेतले दिवसलाई औपचारिकता भन्दा पनि र्सजनशील कार्य गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले प्रजातन्त्र, गनत्रन्त्र र लोकतन्त्र नेपाली नागरिकका लागि महान उपलव्ध प्राप्त दिन यि दिनलाई अवसरका रुपमा मनाउनु पर्ने बताउनु भयो ।

नागरिकका ठुलो संघर्ष र बलिदानीवाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै लैजाने र प्राप्त उपलब्धिको अनुभुती पनि नागरिकले गर्न पाउनु पर्ने वताउनु भयो । तर महंगी, भ्रष्टाचार, कुसंस्कार वढ्दै गएकोमा बस्नेतले चिन्ता ब्यक्त गर्नु भयो । सो अवसरमा अधिबक्ता अधिकारकर्मी तथा उच्च अदालत वार इकाई तुलसीपुरका पुर्व अध्यक्ष मोहन धिताल, नागरिक समाजका निर्वतमान संयोजक टिकाराम रेग्मी, अधिकारकर्मी निर्मल नेपाली लगाएतले राजनितिक अधिकार प्राप्त भइकसेकाले अब सामाजिक तथा नागरिक अधिकार सुनिश्चितता हुन पर्नेमा जोड दिनु भएको थियो ।

समितिका अध्यक्ष हरिलाल पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सहसचिव केपी चौधरी र सहजिकरण सचिव बिनोद न्यौपानेले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया