हापुरेको विद्युत सव स्टेसन उद्घाटनका लागि उर्जामन्त्रि आउँदै

हापुरे, ८ माघ । दाङ जिललाको बबई गाउँपालिकाको हापुरेमा रहेको १ सय ३२ केभि प्रशारण लाईन सूचारु हुने भएको छ ।

लामो समयदेखि बिभिन्न कारणले डम्प रहेको उक्त बिद्युत बिहीबारदेखी सूचारु आउने भएको हो । उक्त बिद्युत उद्घाटन गर्न जलस्रोत तथा उर्जामन्त्री बर्षमान पुन आउनेछन् ।

भोली विहिवार दिउँसो ३ बजे हुने उद्घाटन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारी पनि सहभागि हुने छन् ।

पश्चिम दाङ र तुलसीपुरको बिद्युत अनियमित तथा डिम हुने समस्या अन्त्य गर्न बाँकेबाट उक्त लाईन हापुरे ल्याईएको हो ।

तपाईको प्रतिक्रिया