कोरोना संक्रमणका कारण दुई अभिनेत्रीको मृत्यु

मुम्बई । भारतमा कोरोना संक्रमणका कारण दुई अभिनेत्रीको मृत्यु भएको छ । अभिनेत्री अभिलाषा पाटिल र श्रीपदाको मृत्यु भएको हो।

अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो । कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो ।

अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् । यसको अलवा उनले ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरेकी छन् ।

अभिनेत्री श्रीपदाको मृत्यु

बलिउड अभिनेत्री श्रीपदाको कोरोनाको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । ‘कोरोना महामारीको दोस्रो लहर निकै घातक साबित भयो । यसले कयौं मानिसको ल्यान लिएको छ’ बहलले भनेका छन् फिल्म उद्योगका पनि कयौं मानिसको ज्यान गएको छ । यसमा श्रीपदा पनि सामेल भएकी छन् ।’

बहलले थपेका छन्, ‘श्रीपदाले दक्षिण भारतीय र हिन्दी फिल्महरुमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । दुःखको कुरो हामीले एक राम्रो अभिनेत्री गुमाएका छौ । भगवानसँग प्राथना गर्दछु । उनको आत्मालाई शान्ति मिलोस्।’

श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर रवि किशनले पनि दुःख ब्यक्त गरेका छन् । उनले रविको साथ ‘हम तो हो गए नि तोहार’ मा काम गरेकी थिइन् । श्रीपदा श्रीप्रदाका नामबाट परिचित रहेकी थिइन् । श्रीपदाले १९७८ मा अभिनय करियर सुरु गरेकी थिइन् । उनले शोले और तुफान, आग और चिन्गारी, मेरी ललकार, शैतानी, पुराना पुरुष, धर्म संकट, बेवफा सनम र आजमाइश जस्ता फिल्ममा काम गरेकी छन् ।

तपाईको प्रतिक्रिया